Kathmandu Press

डा. शेखर कोइरालाले भेटे प्रकृति लम्सालको परिवार 

कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाईलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घट्नालाई अत्यन्तै गम्भीर रुपमा लिएको बताए। 
डा. शेखर कोइरालाले भेटे प्रकृति लम्सालको परिवार 

काठमाडौं, चैत १ :  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा मृत भेटिएकी प्रकृति लम्सालको परिवारसँग भेट गरेका छन्।

शुक्रबार रुपन्देहीको भैरहवास्थित घरमै पुगेर उनले घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए। 

कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाईलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घट्नालाई अत्यन्तै गम्भीर रुपमा लिएको बताए। 

कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीहरुलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आवश्यक पहल भइरहेको पनि बताए।

लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए।
 
प्रकाशित मिति: ११:१४ बजे, शुक्रबार, चैत १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्