Kathmandu Press

गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

‘नेपाल मेरो दिलको नजिक छ। नेपाललाई म धेरै माया सम्मान समेत गर्छु। नेपाल संसारकै सुन्दर देश लाग्छ मलाई। मेरो गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र  भगवानको कृपा छ,’ उनले भने।
गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

काठमाडौं, चैत १ : प्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अली बिहीबार बेलुका काठमाडौं आइपुगेका छन्। 

शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन्।

नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए। उनले नेपाल संसारकै सुन्दर देश समेत भएको  जिकीर गरे। 

‘नेपाल मेरो दिलको नजिक छ। नेपाललाई म धेरै माया सम्मान समेत गर्छु। नेपाल संसारकै सुन्दर देश लाग्छ मलाई। मेरो गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र  भगवानको कृपा छ,’ उनले भने।

Photo--(5)-(1)-1741927378.jpg

११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए।

अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ। 

Photo--(1)-(3)-1741927378.jpg
 
प्रकाशित मिति: १०:२८ बजे, शुक्रबार, चैत १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्