Kathmandu Press

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

केन्द्रमार्फत नमोबुद्ध क्षेत्र एवं नगरका बारेमा जिज्ञासुलाई जानकारी दिइने छ । केन्द्र निर्माणका लागि कोइकाले रु २६ लाख र नमोबुद्ध नगरपालिकाले रु १० लाख लगानी गरेका नगरप्रमुख कुन्साङ लामाले बताए । 
नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना
Hardik ivf

काभ्रेपलाञ्चोक, चैत १ : धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा नमोबुद्ध नगरपालिका–१ मा केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमार्फत नमोबुद्ध क्षेत्र एवं नगरका बारेमा जिज्ञासुलाई जानकारी दिइने छ । केन्द्र निर्माणका लागि कोइकाले रु २६ लाख र नमोबुद्ध नगरपालिकाले रु १० लाख लगानी गरेका नगरप्रमुख कुन्साङ लामाले बताए । 

केन्द्रसँगै स्थानीयस्तरमा उत्पादित जैविक सागसब्जी बिक्रीकक्ष पनि स्थापना गरिएको छ । 
 

प्रकाशित मिति: ०८:५१ बजे, शुक्रबार, चैत १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्