Kathmandu Press

युगन्डाविरुद्ध नेपाल ५१ रनमै अलआउट, टि–२० सिरिजमा पुछारमै रहने

बिहीबार भएको खेलमा ९२ रनको झिनो लक्ष्य पछ्याएको नेपाल आयोजक युगान्डासँग ४० रनको फराकिलो अन्तरले पराजित भयो। 
युगन्डाविरुद्ध नेपाल ५१ रनमै अलआउट, टि–२० सिरिजमा पुछारमै रहने

काठमाडाैं, फागुन २९ : युगान्डा भ्रणममा रहेको नेपाली महिला क्रिकेट टिम निराशाजनक प्रदर्शन गरिरहेको छ। चार देश सम्मिलिन ‘वुमन डे कप’ खेल्न युगान्डा पुगेको नेपाली टिममले ५ मध्ये ४ खेलमा पराजित भएको छ।

बिहीबार भएको खेलमा ९२ रनको झिनो लक्ष्य पछ्याएको नेपाल आयोजक युगान्डासँग ४० रनको फराकिलो अन्तरले पराजित भयो। 

Hardik ivf

९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमै अलआउट भयो। नेपालकालािग कविता जोशीले १२ र कप्तनइन्दु बर्माले ११ रन बनाए। नेपालका पाँच ब्याट्सम्यान शुन्य रनमा पभेलियन फर्किएका थिए।  

नेपालको इनिङ धरासायी बनाउने क्रममा  इमाकुलेट नाकिसुयी र इरेने मुटनीले समान ३ विकेट लिए भने जानेत माबाजी र कोन्सी लेटले समान१ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो  । उसका रिता मुसामालीले सर्वाधिक ३८ रन बनाउँदा  इस्थर इलोकुले २२ र स्टेफानी नाम्पिना १३ रन बनाए।  

बलिङमा नेपालका रिया शर्माले २ तथा पुजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीले समान १ विकेट लिए।

यो हारसँगै फाइनल समीकरण बाहिरिएको छ। नेपालबाहेक तीन टिमको फाइनल सम्भावना छ। युगान्डा, हङकङ र नामिबियाको समान ६ अंक छ।

नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ भने नामिबियाले युगाण्डासँग खेल्नेछ। यी दुई खेलपछि फाइनल पुग्ने टिमको टुंगो लाग्ने छ।

प्रकाशित मिति: २१:३७ बजे, बिहीबार, फागुन २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्