Kathmandu Press

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु अध्यक्षमा १७ जनाको उम्मेदवारी

क्याम्पसद्वारा सार्वजनिक अन्तिम उम्मेदवारको सूचीमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। 
केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु अध्यक्षमा १७ जनाको उम्मेदवारी

काठमाडौं, फागुन २९ : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाले उम्मेदवारी दिएका छन्। 

क्याम्पसद्वारा सार्वजनिक अन्तिम उम्मेदवारको सूचीमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। 

Hardik ivf

नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अनेरास्ववियुबाट सिद्धान्त भट्ट, अखिल (क्रान्तिकारी) बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि) बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन्। 

निर्बाचन समितिका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता छन्। विहीबारसाँझ ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र फिर्ता लिने समयावधि तोकिएको थियो। 

आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। 


 

प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, फागुन २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्