Kathmandu Press

संघीयतासहितको गणतन्त्रको विकल्प छैन : उर्जामन्त्री खड्का

उनले  संसद्का दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको बताए।
संघीयतासहितको गणतन्त्रको विकल्प छैन : उर्जामन्त्री खड्का

संखुवासभा, फागुन  २९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संघीयतासहितको गणतन्त्रको विकल्प नभएको बताएका छन्।  

चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले संघीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको उल्लेख गरे। 

Hardik ivf

उनले संघीयताले देशको सुन्दर पक्ष उजागर गरेको बताए। 

यस्तै, उनले  संसद्का दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको बताए। राजनीतिक स्थायित्वका लागि सरकार गठन भएको उनको तर्क थियो।

संखुवासभा अथाह सम्भावना बोकेको जिल्ला भएकाले यहाँका स्रोत साधनको उचित प्रयोग गरेर समृद्ध जिल्ला निर्माणमा लाग्नुपर्ने उल्लेख गरे।  

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, फागुन २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्