हात्तीको आक्रमणबाट बृद्धको मृत्युपछि स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग ठप्प
स्थानीयबासीले भुरीगाउँ–चिसापानी सडक खण्डको बलाटीमा राजमार्ग अवरुद्ध गरेका हुन्।
बर्दिया, फागुन २९ : जंगली हात्तीको आक्रमणबाट स्थानीय बृद्धको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन्।
स्थानीयबासीले भुरीगाउँ–चिसापानी सडक खण्डको बलाटीमा राजमार्ग अवरुद्ध गरेका हुन्।
राजमार्ग अवरुद्धहुँदा लामो तथा छोटो दूरीको यातायात ठप्प भएका छन्। स्थानियले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि दिगो समाधान खोज्न माग राखेका छन्। सडक सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएका छन्।
अहिले वार्ता गरी बाटो खुलाउन बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासन र स्थानीयवासीबीच छलफल भइरहेको छ। बुधबार राति ठाकुरबाबा नगरपालिका–२, बलाटीका ७१ वर्षीय बोलिराम थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।
प्रकाशित मिति: १६:४५ बजे, बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1776587059.jpg)




-1776587059.jpg)

