उच्छृंखल गतिविधिको आरोपमा ११ जना पक्राउ
प्रहरीले २ महिला र ९ पुरुषलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको छ।
काठमाडौं, फागुन २९ : होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ११ जना युवायुवतीलाई पक्राउ गरेको छ।
प्रहरीले २ महिला र ९ पुरुषलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको छ।
न्युरोड, कोटेश्वर र सिंहदरबार पश्चिम गेटबाट गरी ९ जना पुरुषलाई पक्राउ गरिएको छ। न्युरोड क्षेत्रबाट ३ पुरुष, कोटेश्वरबाट ४ पुरुष तथा सिंहदरबार पश्चिम गेटबाट २ पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले दिउँसोसम्म एउटा कार र ३९ थान दुई पांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार