Kathmandu Press

एसईईको तयारी पूरा, २०७९ परिक्षा केन्द्र तोकिए

राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८१ को आगामी ७ चैतमा हुने परीक्षाका लागि दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ।
एसईईको तयारी पूरा, २०७९ परिक्षा केन्द्र तोकिए

काठमाडौं, फागुन २९ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८१ को आगामी ७ चैतमा हुने परीक्षाका लागि दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ।

प्रश्नपत्र, सिम्बोल नम्बर र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ भने केही ठाउँमा पुग्ने क्रममा रहेको छ। बोर्डले जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण पनि सम्पन्न भएको जनाएको छ।

बोर्डका अनुसार यस बर्ष परीक्षामा समेल हुने विद्यार्थीको संख्या पाँच लाख आठ हजार तीनसय ९० कायम भएको छ । परीक्षाका लागि पाँच लाख २२ हजारले फारम भरेका थिए। परिक्षा केन्द्रमा सुरक्षाको व्यवस्था जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ।

प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, फागुन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्