Kathmandu Press

होली खेल्दै रास्वपा नेताहरूले भने– होलीले अध्यक्षमाथि भइरहेको अन्यायविरुद्ध लड्ने प्रेरणा दिनेछ

विहीवार रास्वपाको केन्द्रीय कार्यलयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा बोल्दै उनले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अन्यायविरुद्ध लड्न होली पर्वले प्रेरणा दिने अपेक्षा व्यक्त गरे। 
होली खेल्दै रास्वपा नेताहरूले भने– होलीले अध्यक्षमाथि भइरहेको अन्यायविरुद्ध लड्ने प्रेरणा दिनेछ

काठमाडौं, फागुन २९ :  राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले होली पर्वले अन्यायविरुद्ध लड्न प्रेरणा दिने बताएका छन्।

विहीवार रास्वपाको केन्द्रीय कार्यलयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा बोल्दै उनले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अन्यायविरुद्ध लड्न होली पर्वले प्रेरणा दिने अपेक्षा व्यक्त गरे। 

‘होली न्यायको प्रतिक पर्व हो। अन्याय गर्नेहरु अन्याय गरिरहन चाहन्छन्। तर कुनै एउटा क्षण आउँछ अन्याय सकिएर न्यायको सुरुवात हुन्छ। होली त्यसैको प्रतिबिम्व हो । अहिलेको राजनीतिक परिवेशमा सभापतीमाथि कानूनी हतियार प्रयोग भएर मुद्दाहरु चलिरहेको छ । त्यो एकप्रकारको अन्याय हो,’ उनले भने, ‘सरकारले एउटा व्यक्तिलाई एउटा मुद्दाले हुने ठाउँमा १८ वटा मुद्दा लगाएर जिल्ला जिल्ला घुमाइरहेको छ। त्यो एउटा अन्याय हो। त्यसैले अन्याय विरुद्ध लड्न होलीले प्रेरणा दिन्छ र न्याय दिने काम गर्छ।’

Hardik ivf

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले होलीलाई गौरवका रुपमा मनाउनुपर्ने बताएका छन्। आगामी पुस्ताले पनि यो पर्वलाई गौरव गर्नेगरी मनाउनुपर्नेमा जोड दिए।

‘संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन्। गौरव गर्ने भनेकै हाम्रा संस्कार, संस्कृति, धर्म हो । यो रङहरुको पर्वले नेपालीहरुको मौलिकता झल्काउँछ । सौहार्दपूर्ण वातावरणमा होली मनाउनुपर्छ,’ उनले भने। 

Photo-(3)-(42)-1741858423.jpg

Photo-(4)-(32)-1741858423.jpg

Photo-(5)-(35)-1741858544.jpg

Photo-(2)-(53)-1741858544.jpg

प्रकाशित मिति: १५:२० बजे, बिहीबार, फागुन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्