Kathmandu Press

‘जथाभावी रंग प्रयोग नगरौं, स्वासप्रस्वासमा असर गर्न सक्छ’

डाक्टर श्रेष्ठले रेटिनोइइड जस्तो सक्रिय अयवहरु भएको तत्वहरु हेलीको अगाडि छालामा प्रयोग नगर्न आग्रह गरिन्।
‘जथाभावी रंग प्रयोग नगरौं, स्वासप्रस्वासमा असर गर्न सक्छ’

काठमाडौं, फागुन २९ : रंगहरुको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्भावनाले मनाउने परम्परा छ। 

तर रङहरुसँग खेलिरहँदा आफ्नो स्वास्थ्यको ख्याल राख्नु महत्वपूर्ण मानिन्छ। जथाभावी रंगहरु लगाउने प्रवृतिले छालामा विभिन्न किसिमका समस्याहरु देखिने हुनाले विषेश ध्यान दिएर मात्र होली खेल्न छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा.अमृता श्रेष्ठले सुझाव दिएकी छिन्।  

Hardik ivf

नेपाल न्यूजसँग कुरा गर्दै उनले होलीमा खेलिने रङहरुले छालामा एलर्जी गराउने, चिलाउने मात्र नभएर स्वासप्रस्वास सम्बन्धि समस्यासम्म देखिने जानकारी दिइन्।

‘होलीमा खेलिने रङहरुले छालालाई ड्राई गराउने, एलर्जी गराउन सक्छ । चिलाउने गर्छ । साथै यसले स्वासप्रस्वास सम्बन्धि समस्यासम्म पनि ल्याउन सक्छ । त्यसैगरी कपाल र नङमा पनि असर गर्छ। हामीले रङपनि नेचुरल प्रयोग गर्नुपर्छ,’ उनी भन्छिन्।
  
उनले आज अरु दिनहरुमा भन्दा मोस्चराइजर र सन प्रोटेक्सन क्रिम सन्सक्रिम बढी नै लगाउने, कपाललाई सुरक्षित राख्न क्याप वा स्काफहरु प्रयोग गर्ने कपालको असर नरोहस भनेर जरादेखि टुप्पोसम्म तेल लगाउने जस्तो कार्य गर्नुपर्ने उपायहरु बताइन्।

Dr-Amrita-Shrestha-1-1741847745.jpg
छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा.अमृता श्रेष्ठ ।

‘आज मोस्चराइजर र सन प्रोटेक्सन क्रम सन्सक्रिम अरु समयमा भन्दा अलिकति बढि नै लगाउनुपर्ने हुन्छ । कपाललाई सुरक्षित राख्न क्याप वा स्काफहरु प्रयोग गर्नुहोला,’ उनी भन्छिन्, ‘कपालको असर नरहोस भनेर जरादेखि टुप्पोसम्म तेल लगाएर मात्रै रङ खेल्न सकिन्छ।’

डाक्टर श्रेष्ठले रेटिनोइइड जस्तो सक्रिय अयवहरु भएको तत्वहरु हेलीको अगाडि छालामा प्रयोग नगर्न आग्रह गरिन्। यसो गर्दा छालालाई झनै ड्राई गराउने उनको भनाई छ। रंग लगाइसकेपछि जेन्टल क्लिनजरको प्रयोग गरेर छाला सफा गर्नुपर्ने उनले बताइन्। 

‘रेटिनोइइड जस्तो सक्रिय अयवहरु भएको तत्वहरु होलीको अगाडि छालामा प्रयोग नगरेको नै राम्रो हो । यसले गर्दा झन ड्राई गराउँछ । फेसवासमा चाँही जेन्टल क्लिनजर प्रयोग गर्नुपर्ने छ,’ उनी भन्छिन्।
 
 

प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, फागुन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्