Kathmandu Press

एट्लेटिकाेलाई हराउँदै रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

एट्लेटिको मैदामा भएको खेलमा उसलाई पेनाल्टी सुटआउटमा ४–२ले हराउँदै रियल क्वार्टरफाइनलमा पुगेको हो। 
एट्लेटिकाेलाई हराउँदै रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडाैं, फागुन २९ : स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा ‘मड्रिड डर्बी’ जित निकाल्दै रियल क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

एट्लेटिको मैदामा भएको खेलमा उसलाई पेनाल्टी सुटआउटमा ४–२ले हराउँदै रियल क्वार्टरफाइनलमा पुगेको हो। 

Hardik ivf

बुधबार राति भएको दोस्रो खेल एट्लेटिकोले १–०ले जितेको थियो। त्यसपछि खेल समग्रमा २–२को बराबरीमा सकिएको थियो। थप गरिएको ३० मिनेटको समयमा पनि थप गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा गएको थियो। 

पेनाल्टीमा रियलका किलियन एम्बाप्पे, जुड बेलिङ्घम, फेडेरिको भाल्भर्डे र एन्टोनी रुडिगरले गोल गरेका थिए। कप्तान लुकास भास्क्वेसको प्रहार भने एट्लेटिकोका गोलकिपरले रोकेका थिए।

यत, एट्लेटिकोका एलेक्जेडर सोर्लोथ र एन्जल कोरेयाले गोल गर्दा जुलियन अल्भारेज र डिएगो लोरन्टे गोल गर्न असफल भए। अल्भारेजको प्रहार गोलमा परिणत भएपछि बल डबल टच भएपछि भारमार्फत गोल रद्द भएको थियो।

त्यसअघि घरेलु मैदानमा एट्लेटिकोले खेल सुरु भएको ३० सेकेन्ड नबित्दै अग्रता लिएको थियो। उसका कोर्नर कल्घरले गोल गरेका थिए। दोस्रो हाफमा भिनिसियस जुनियरले सुनौलो अवसर खेर फाइदा रियलले निर्धारित समयमै जितको अवसर गुमाएको थियो।

७०औं मिनेटमा प्राप्त पेनाल्टीमा भिनिसियसको प्रहार आकाशिएको थियो। एट्लेटिकोका डिफेन्डर क्लेमेन्ट ल्याग्नेटले एम्बाप्पेमाथि फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो।

अब रियलले क्वार्टरफाइनलमा इंग्लिस क्लब आर्सनलसँग खेल्नेछ। आर्सनल डच क्लब पिएसभीमाथि ९–३को फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो। आर्सनलले पहिलो लेग ७–१ले जितेको थियो भने बुधबार राति भएको दोस्रो लेग २–२को बराबरीमा सकएको थियो।

प्रकाशित मिति: ११:४२ बजे, बिहीबार, फागुन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्