Kathmandu Press

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा आचार्य मनोनित 

उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् । एक दशक बढि समय देखि महासंघमा योगदान दिनुभएका आचार्य विभिन्न उत्पादनमुलक तथा प्रविधिजन्य औधोगिक प्रतिष्ठानमा आवद्ध छन् । 
उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा आचार्य मनोनित 
Hardik ivf

काठमाडौं, फागुन २९ : नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । 

उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् । एक दशक बढि समय देखि महासंघमा योगदान दिनुभएका आचार्य विभिन्न उत्पादनमुलक तथा प्रविधिजन्य औधोगिक प्रतिष्ठानमा आवद्ध छन् । 

यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी थिए । उनको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद उक्त रिक्त थियो । 

प्रकाशित मिति: ०८:५८ बजे, बिहीबार, फागुन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्