Kathmandu Press

खेलाडी वर्गीकरण : पुरूषमा ५ र महिलामा ४ खेलाडी ग्रेड एमा, को कुन ग्रेडमा परे?

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटरको वर्गीकरण सार्वजनिक गरेको छ।
खेलाडी वर्गीकरण : पुरूषमा ५ र महिलामा ४ खेलाडी ग्रेड एमा, को कुन ग्रेडमा परे?

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटरको वर्गीकरण सार्वजनिक गरेको छ।

क्यानले सन् २०२५ को ६ महिनाका लागि ३३ पुरूष र महिला १९ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको हो।

क्यानको वर्गीकरणअनुसार पुरूषतर्फ ग्रेड एमा ५ खेलाडी छन्।

Hardik ivf

जसमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ सेख छन्। यो ग्रेडका खेलाडीले मासिक एक लाख रूपैयाँ पाउने  छन्।

यस्तै, ग्रेड बीमा पनि ५ खेलाडी छन्। मासिक ७० हजार रूपैयाँ पाउने यो ग्रेडमा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, लतिल राजवंशी र अनिल साह छन्। ग्रेड सीमा सन्दीप जोरा, आरिफ सेख, भीम सार्की र कुशल मल्ल छन्। उनीहरूले मासिक ५५ हजार रूपैयाँ पाउनेछन्।

ग्रेड डीमा सबैभन्दा धेरै २३ खेलाडी छन्। यो ग्रेडमा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बासिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव रहेका छन्। उनीहरूले मासिक ३५  हजार रूपैयाँ पाउनेछन्। 

यता, क्यानले सात प्रदेशका ७ खेलाडीलाई इमर्जिङ क्याटेगोरीमा राखेको छ। जसमा कर्णालीबाट अर्जुन घर्ती, सुदूरपश्चिमबाट हेमन्त धामी, कोशीबाट दीपेश कँडेल, मधेशबाट रूपेश सिंह, गण्डकीबाट अर्जुन कुमाल, बागमतीबाट शुभ कंशकार र लुम्बिनीबाट सन्तोष यादव छन्।

महिलामा इन्दु, रूविना र पूजा ए ग्रेडमा

महिला तर्फबाट ग्रेडिङमा एमा कप्तान इन्दू बर्मा, पूर्वकप्तान रूविना क्षेत्र, युवा अलराउन्डर पुजा महतो र सीता रानामगर परेका छन्। उनीहरूले प्रतिमहिना ५० हजार रूपैयाँ पाउनेछन् ।

यस्तै, ग्रेड बीमा कविता जोशी मात्र छिन्। उनले ३५ हजार रूपैयाँ पाउनेछिन्। ग्रेड सीमा कविता कुँवर र सम्झना खड्का छन्। दुवैले मासिक २५ हजार रूपैयाँ पाउनेछन्। 

यस्तै, ग्रेड डीम सबैभन्दा धेरै १२ खेलाडी छन्। जसमा विन्दू रावल, अलिशा यादव, साना प्रविन, रिया शर्मा, सिमना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, करिश्मा गुरूङ, जोत्सिनिका मरासिनी, रचना चौधरी र मनिषा उपाधाय छन्। उनीहरूले मासिक २० हजार रूपैयाँ पाउने छन्।

क्यानका यो ग्रेडिङ ६ महनाका लागि लागू हुनेछ। ६ महिनापछि पुनः नयाँ ग्रेडिङ सार्वजनिक गरिनेछ।

प्रकाशित मिति: २०:२० बजे, बुधबार, फागुन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्