Kathmandu Press

सरकारको प्रस्तुती राम्रो नहुदाँ राजावादीको आन्दोलनमा जनताहरू सहभागी भए: रामहरि खतिवडा

त्यस्तै, रास्वपाकी सांसद सुमना श्रेष्ठले तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएको भन्दै पूरै पार्टीको बद्नामी नगरी प्रमाण भए सम्बन्धित व्यक्तिको नामसहित सार्वजनिक गर्न चुनौती दिए। 
सरकारको प्रस्तुती राम्रो नहुदाँ राजावादीको आन्दोलनमा जनताहरू सहभागी भए: रामहरि खतिवडा

काठमाडौं, फागुन २८ : नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकारले जनतालाई  राम्रो डेलिभरी दिन नसक्दा राजावादीको आन्दोलनमा जनताहरु सहभागी भएको बताएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले जनतालाई  राम्रो डेलिभरी दिन नसक्दापनि राजावादीको आन्दोलनमा जनताहरु सहभागी भएको भन्दै उनले आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यस बारे छलफल गर्न जरुरी रहेको बताए। 

Hardik ivf

उनले भने, ‘सबै कुरामा हामी नै ठिक भनेर पनि हामी हिड्न हुँदैन। राजावादीको  आन्दोलनमा सबै प्रकारमा मानिसहरु थिए। राजाका, राप्रपाका अन्य पार्टीका पनि थिए। कस्का कारणले त्यत्रा मानिस आए भनेर लडाई नै चल्यो। हाम्रै कारणले हामीले त्यति राम्रो जनतालाई डेलिभरी दिन नसक्दा हाम्रै कारणले पनि गए होलान यो बारे हामीले केही सोच्नुपर्ने छ। आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यो बारे छलफल गर्न जरुरी छ।’

त्यस्तै, रास्वपाकी सांसद सुमना श्रेष्ठले तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएको भन्दै पूरै पार्टीको बद्नामी नगरी प्रमाण भए सम्बन्धित व्यक्तिको नामसहित सार्वजनिक गर्न चुनौती दिए। -नेपाल न्युज बैंक 
 

 

प्रकाशित मिति: २०:०७ बजे, बुधबार, फागुन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्