Kathmandu Press

‘राजतन्त्र ल्याउँछु भन्नु असम्भव’

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताएका छन्।  
‘राजतन्त्र ल्याउँछु भन्नु असम्भव’

कटारी, फागुन २८ :  नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताएका छन्।  

आज यहाँ पार्टीको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका पोखरेलले लोकतन्त्र, गणतन्त्रका लागि हिजो सबै पार्टीका योगदानको स्मरणगर्दै उहाँले फेरि सबै मिलेर सुदृढ गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

हालको अवस्थामा राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ हुने उनको भनाइ थियो।

'हिजो महान जनयुद्ध, बृहत जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन सबैखाले आन्दोलनको जगमा हामीले गणतन्त्र ल्याएका हौँं,' उनले भने, 'हामीले निर्माण गरेको संविधानमा उल्लेखित गणतन्त्र, समावेशिता, समाजवादको उपलब्धिमाथि प्रहार भइरहेको छ।'

नेपाली जनताको चेतना धेरैमाथि उठिसकेकाले उनले सबै मिलेर गणतन्त्रको रक्षा गर्नुपर्ने बताए।

कार्यक्रममा उनले कटारीका सहिद परिवारलाई सम्मान गरेका थिए।
 

प्रकाशित मिति: १९:४५ बजे, बुधबार, फागुन २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्