Kathmandu Press

प्रतिनिधिसभामा गणपूरक संख्याबारे प्रश्न उठेपछि...

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक सङ्ख्यामाथि प्रश्न उठेको छ।
प्रतिनिधिसभामा गणपूरक संख्याबारे प्रश्न उठेपछि...
फाइल तस्बिर।

काठमाडौं, फागुन २८: प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक सङ्ख्यामाथि प्रश्न उठेको छ। यद्यपि तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक सङ्ख्या पुगेको यकिन भएको छ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सदनमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न उपस्थित सदस्य सङ्ख्याको एक चौथाइ हुनुपर्ने उल्लेख गर्दै संख्या यकिन गर्न आग्रह गरेका थिए।

Hardik ivf

उनले सङ्ख्या नपुग भएको भनी प्रश्न उठाएपछि उपसभामुख इन्दिरा रानाले तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिएका थिए।

जनाउ घण्टीपछि उपसभामुख रानाले हालको संख्याअनुसार एक चौथाइ सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थित सङ्ख्या ९५ रहेको यकिन भएको जानकारी गराउँदै बैठक कारबाही अघि बढाएका थिए।

प्रकाशित मिति: १९:०० बजे, बुधबार, फागुन २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्