Kathmandu Press

सरकारले जारी गरेका पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत

सरकारले ल्याएका पाँचवटा अध्यादेशलाई प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरिएको छ। 
सरकारले जारी गरेका पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत

काठमाडौं, फागुन २८ : सरकारले ल्याएका पाँचवटा अध्यादेशलाई प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरिएको छ। 

बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीनवटा विधेयक, प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एकवटा विधेयक र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एकवटा विधेयक प्रस्तुत गरेका हुन्। 

Hardik ivf

अर्थमन्त्री पौडेलले  ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।

यस्तै, प्रधानमन्त्री ओलीको तर्फबाट सञ्चारमन्त्री गुरुङले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरेका थिए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ सभामा प्रस्तुत गरेका छन्।  

यी विधेयक अध्यादेशका रूपमा गत माघ १८ गते संघीय संसद् सचिवालयमा दर्ता भएका थिए। प्रतिनिधिसभाको फागुन २१ गते बसेको बैठकले यी अध्यादेशलाई स्वीकृत गरेको थियो। भूमिसम्बन्धी अध्यादेश भने सरकारले ‘होल्ड’ मा राखेको छ। 

 

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, फागुन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्