Kathmandu Press

जनकपुरधाममा युवक झुन्डिएको अवस्थामा भेटिए

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 
जनकपुरधाममा युवक झुन्डिएको अवस्थामा भेटिए

जनकपुर, फागुन २८ : जनकपुरधाममा एकजना युवक झुन्डिएको अवस्थामा फेला परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

Hardik ivf

बुधबार विहान स्थानीयहरुले शव झन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिए। 

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:५१ बजे, बुधबार, फागुन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्