Kathmandu Press

एक सातापछि बढ्यो नेप्से, ८ अर्ब बढीको कारोबार

३२३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।  
एक सातापछि बढ्यो नेप्से, ८ अर्ब बढीको कारोबार

काठमाडौं, फागुन २८ : एक साता यता निरन्तर ओरालो लागेको नेप्से परिसूचक बुधबार भने बढेको छ। नेप्से बुधबार दोहोरो अंकले बढेको छ। 

१७.२८ अंकले बढेर नेप्से २७३६.४८ विन्दुमा कायम भएको छ।

३२३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।  

बुधबार विकास बैंक समूह ०.३३ र लघुवित्त समूह ०.२७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै लगानी समूह १.७६ र अन्य समूह १.५७ प्रतिशतले बढेको छ। 

बैंकिङ ०.५३, वित्त ०.०२, होटल तथा पर्यटन ०.६४, जलविद्युत् ०.८५, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.१८, म्युचुअल फन्ड ०.१०, निर्जीवन बीमा ०.४० र व्यापार समूह ०.२१ प्रतिशतले बढेको छ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको प्रमोटर शेयर ८१ करोड ३६ लाख ५२ हजार एक सय बराबरको ८१ लाख ३६ हजार पाँच सय २१ कित्ता कारोबार भएको छ।

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, फागुन २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्