Kathmandu Press

सरकारले संविधानको व्यवस्थालाई पनि ख्याल नगरी विधेयक ल्याएको छ : सांसद पाण्डे

‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक बेठिक छ। जसरी सरकाले जनप्रतिनिधिलाई जनतालाई अपहेलना गरेको छ। त्यसैले हामी यसको विरोध गर्छौं,’ उनले भने।
सरकारले संविधानको व्यवस्थालाई पनि ख्याल नगरी विधेयक ल्याएको छ : सांसद पाण्डे

काठमाडौं, फागुन २८ : नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक बेठिक रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डले पेस हुन लागेको उक्त विधयकको विरोध गर्दै सरकाले जनप्रतिनिधिलाई र जनतालाई अपहेलना गरेको विधेयक ल्याएको बताएका हुन्। 

Hardik ivf

‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक बेठिक छ। जसरी सरकाले जनप्रतिनिधिलाई जनतालाई अपहेलना गरेको छ। त्यसैले हामी यसको विरोध गर्छौं,’ उनले भने।

उनले सरकारले संविधानको जुन व्यवस्था छ त्यसलाई पनि राम्रोसँग ख्याल नगरीकन विधेयक ल्याएको बताए। शिक्षकहरू आन्दोलनमा रहेको अवस्थालाई मध्यनजर गरेर बरु चाँडो शिक्षा विधेयक ल्याउने उनले सुझाव दिए। 

‘सरकारले संविधानको जुन व्यवस्था छ। त्यसलाई पनि राम्रोसँग ख्याल नगरीकन यो विधेयक ल्याएको छ। सरकार जनताको समस्या के छ, तत्कालको आवश्यकता के हो? सरकारको यतातिर पनि ल्याएको छैन। शिक्षकहरु आन्दोलनमा छन् । शिक्षा विधेयक चाँडो लयाउनको सट्टा,समितिको काम अगाडि बढाउनुको सट्टा सरकार सुनुवाई गर्दैन,’ उनले भने। 
 
प्रकाशित मिति: १४:१८ बजे, बुधबार, फागुन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्