Kathmandu Press

लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छ : सांसद गौतम

‘सरकार नयाँ उदाउँदै गरेको शक्तिहरुमाथि दमन गर्न उद्दत छ। सरकारले जनविश्वास गुमाइसकेको छ र देश गम्भीर संकटमा छ। यो सरकार आफैंले निम्त्याएको हो,’ उनले भनिन्।
लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छ : सांसद गौतम

काठमाडौं, फागुन २८ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफंैबाट भएको बताएकी छिन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकार उदाउँदै गरेको शक्तिमाथि दमन गर्न उद्दत रहेको उनले सरकारले जनविश्वास गुमाइसहेको बताइन्।

Hardik ivf

‘सरकार नयाँ उदाउँदै गरेको शक्तिहरुमाथि दमन गर्न उद्दत छ। सरकारले जनविश्वास गुमाइसकेको छ र देश गम्भीर संकटमा छ। यो सरकार आफैंले निम्त्याएको हो,’ उनले भनिन्।

सांसद गौतमलेसरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सकेपनि तर जनताको चेतना नियन्त्रण गर्न नसक्ने बताइन्।

‘सरकारले कानुनलाई प्रतिसोधको तरबार बनायो। सदनमा प्रश्नको जवाफ नदिने, सांसदलाई होच्याउने पत्रकारको पास खोस्ने। सामाजिक सञ्जाल नियान्त्रण गर्न विधेयक लिएर आउने निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने यी सबै नियन्त्रणमूखी शासकका लक्ष्यणहरु हुन्,’ उनले भनिन्, ‘सरकारले सदन,सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन। त्यसैले लोकतन्त्रको असलि खतरा कोही हो भने सरकार आफैं हो।’ 
 
प्रकाशित मिति: १३:४९ बजे, बुधबार, फागुन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्