Kathmandu Press

तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको सांसद श्रेष्ठको आरोप

सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएकी हुन्। 
तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको सांसद श्रेष्ठको आरोप

काठमाडौं, फागुन २७ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना क्षेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकी छिन्। 

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएकी हुन्। 

‘शून्य समयमा सांसद श्रेष्ठले काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको स्थानीय बासिन्दाको उजुरीको बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। यसमा ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।

उनले लगाएको उक्त आरोप माथि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति समेत जनाए। साथै सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरे।  
 

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, फागुन २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्