Kathmandu Press

केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी

स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचन बागी उम्मेदवारी दर्ता गइराएको भन्दै नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको हो।
केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी

काठमाडौं, फागुन २८ : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ।

स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचन बागी उम्मेदवारी दर्ता गइराएको भन्दै नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको हो।

केन्द्रीय क्याम्पसमा अनोज कार्कीको नेतृत्वमा नेविसंघको टिम चुनावी मैदानमा छ। तर, नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि मनोनयन दर्ता गरिएकोआरोप उनीहरुको छ। 

समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले त्यो नसच्याएसम्म तालाबन्दी कायम रहने नेविसंघले जनाएको छ।  

प्रकाशित मिति: १२:०७ बजे, बुधबार, फागुन २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्