Kathmandu Press

मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
Hardik ivf

मकवानपुर, फागुन २८ : मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा४०प ५३०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका दियालीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, फागुन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्