Kathmandu Press

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही जाँदैं 

दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही जाँदैं 

काठमाडौं, फागुन २८ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देहीमा जाने भएका छन्। दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन्।

अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यो धार्मिक तथा ऐतिहासिक महत्वको पार्क निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Hardik ivf

त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको  समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्। दिउँसो बुटवल ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन्।

त्यसपछि रुपन्देहीका कार्यक्रमको अन्तिम कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्डले  सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन्।

अध्यक्ष प्रचण्ड दिनभर रुपन्देहीका जनताको साथमा रहने माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक निर्मल जीसी बताए । उनले अध्यक्ष प्रचण्डको रुपन्देहीका विभिन्न कार्यक्रमको सहभागिताले स्थानीय विकास, राजनीतिक गतिविधि तथा पार्टी सङ्गठन सुदृढीकरणमा सकारात्मक प्रभाव पर्ने बताए ।

प्रकाशित मिति: ०८:४१ बजे, बुधबार, फागुन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्