Kathmandu Press

‘राजालाई बोकेर मुलुकको विकास हुँदैन’

उनले जसको घरमा जन्मिए पनि, शितल निवास जान सक्ने र सिंहदरबारमा राज गर्न सक्ने व्यवस्था छोडेर राजाको हिसाबले चल्नुपर्ने व्यवस्थामा जानु उचित नभएको बताए। 
‘राजालाई बोकेर मुलुकको विकास हुँदैन’

काठमाडौं, फागुन २७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान समय राजालाई बोकेर मुलुकको विकास हुने समय नभएको बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्ने र व्यक्तिगत स्वतन्त्रताको समय भएको हुनाले राजा बोकेर विकास नहुने बताए। 

Hardik ivf

‘हुँदै नहुने मान्छेलाई ल्याएर राजा बनायो, खाई हाल्यो ५९ सालमा, छोडेर भागेको मान्छे हिजा अस्ति आईरहेको थियो। यसको पछाडी जोडिने मान्छेहरुलाई के भन्छु भने अब हामीले बुझ्नु पर्छ, अब राजालाई बोकेर मुलुकको विकास हुने जवाना होईन, सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्यो नी, आजको समय व्यक्तिगत स्वतन्त्रताको हो,’ सञ्चारमन्त्री गुरुङले भने।

उनले जसको घरमा जन्मिए पनि, शितल निवास जान सक्ने र सिंहदरबारमा राज गर्न सक्ने व्यवस्था छोडेर राजाको हिसाबले चल्नुपर्ने व्यवस्थामा जानु उचित नभएको बताए। 

‘तपाईं जसको घरमा जन्मिए पनि, त्यो व्यक्ति योग्य र काबिल छ भने र जनताले विश्वास गर्ने हो भने त्यो शितल निवासमा जान पाउँछ, सिंहदरबारमा राज गर्न पाउन्छ, त्यो सर्वोच्च अदालतको न्यायाधिश बन्न पाउँछ,’ उनले भने, ‘यो व्यवस्था छोडेर राजाको घरमा जन्मिएको हुनाले ३ करोड नेपालीभन्दा योग्य हुन्छ भन्ने सिद्धान्तमा जानु राम्रो हो, यो गलत हो।’ 

प्रकाशित मिति: २१:४५ बजे, मंगलबार, फागुन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्