Kathmandu Press

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

समाजवादी मोर्चाले यसअघि चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरे पनि मुलुकको पछिल्लो अवस्था र राजावादीको बाक्लो चहलपहललाई ध्यानमा राख्दै चैत १५ गतेका लागि कार्यक्रम गर्ने निर्णय लिएको हो। 
समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं, फागुन २७ : समाजवादी मोर्चाले आगामी चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भएको छ। 

समाजवादी मोर्चाको मंगलबार बसेको बैठकले उक्त निर्णय लिएको हो।

समाजवादी मोर्चाले यसअघि चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरे पनि मुलुकको पछिल्लो अवस्था र राजावादीको बाक्लो चहलपहललाई ध्यानमा राख्दै चैत १५ गतेका लागि कार्यक्रम गर्ने निर्णय लिएको हो। 

प्रदर्शनका बिषयमा आगामी चैत १ गते वुद्धिजिवी र नागरिक समाजसँग छलफलको कार्यक्रम तय भएको छ। 

सोही दिन दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी गणतन्त्रको पक्षमा उत्रन जनतालाई अपिल गर्ने कार्यक्रम राखिएको जनाइएको छ। 

प्रकाशित मिति: १९:०० बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्