Kathmandu Press

लेटरप्याडमा ‘श्री ५ महाराजधिराज’ लेखेपछि पोर्चुगलका पर्यटन दूत बास्तोलालाई हटाइयो 

बास्तोलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन दूतबाट हटाउने निर्णय गरेको छ। उनलाई यसअघि मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। 
लेटरप्याडमा ‘श्री ५ महाराजधिराज’ लेखेपछि पोर्चुगलका पर्यटन दूत बास्तोलालाई हटाइयो 

काठमाडौं, फागुन २७ : सरकारी लेटरप्याडमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गरेको आरोपमा पोर्चुगलका पर्यटन दूत रमेशराज बास्तोला कारबाहीमा परेका छन्। 

बास्तोलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन दूतबाट हटाउने निर्णय गरेको छ। उनलाई यसअघि मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। 

Hardik ivf

बास्तोलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि पर्यटन दूतबाट हटाइएको हो। मन्त्रालयले बास्तोलालाई २०८० साल माघ १३ गते दुई वर्षको लागि पोर्चुगलको लिजवन शहरको पर्यटन प्रवद्र्धकमा नियुक्त गरेको थियो।

बास्तोलाले आफ्नो फेसबुक पेजमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ विषयक पत्र भन्दै सार्वजनिक गरेका थिए। उनलाई नेकपा माओवादीका हितबहादुर तामाङ पर्यटनमन्त्री भएका बेला पर्यटन दूतमा नियुक्त गरिएको थियो । 

प्रकाशित मिति: १८:२४ बजे, मंगलबार, फागुन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्