Kathmandu Press

‘लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुँदैन’

‘समाप्त भएको राजतन्त्रलाई फर्काउने कोसिस भइरहेको छ। लोकतन्त्र चाहने शक्तिका लागि यो कदापि स्वीकार्य हुन सक्दैन,’ उनले भने।
‘लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुँदैन’

काठमाडौं, फागुन २७ : नेकपा एमालेका सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले राजा फर्काउने प्रयत्नको कुनै औचित्य नरहेको बताए।

‘समाप्त भएको राजतन्त्रलाई फर्काउने कोसिस भइरहेको छ। लोकतन्त्र चाहने शक्तिका लागि यो कदापि स्वीकार्य हुन सक्दैन,’ उनले भने।

अराजकता र अस्थिरता निम्त्याउने गतिविधि भइरहेको उल्लेख गर्दै उनले राजतन्त्र मूलधारको राजनीति हुन नसक्ने टिप्पणी गरे।

जनताको लामो आन्दोलनपछि लोकतान्त्रिक अभ्यास प्राप्त गरेको भन्दै सांसद विष्टले संवैधानिक मर्यादाभित्र रहेर सही ढंगले प्रयोग गर्न सकिएन भने देश अघि बढ्न नसक्ने बताए। 

लोकतन्त्र प्राप्तिका लागि सहकार्य तथा योगदान गर्ने शक्तिले सहिदको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोगाउन गम्भीरताका साथ समीक्षा र हातेमालो गर्न आवश्यक रहेको बताए। 

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्