Kathmandu Press

संसदभित्र ‘राजा’ सम्वोधनमा रोक लगाउन सभामुखसँग ‘रुलिङ’ माग

उनले नारायणहिटीमा राजा बस्ने व्यवस्था नरहेको बताउँदै नारायणहिटी संग्रहालय टिकट काटेर जान पाइने बताए। 
संसदभित्र ‘राजा’ सम्वोधनमा रोक लगाउन सभामुखसँग ‘रुलिङ’ माग

काठमाडौं, फागुन २७ : नेकपा एमालेका सांसद सूर्य थापाले संसदभित्र ‘राजा’ सम्वोधन गर्न रोक लगाउन माग गरेका छन्।

संसद बैठकमा बोल्दै सांसद थापाले सभामुखबाट रुलिङको माग राखेका हुन्। थापाले केही असन्तुष्ट र भड्किएका आत्माले हुईंया मच्चाउँदैमा राजा नफर्किने पनि बताए। 

Hardik ivf

‘पूर्वराजाको पुनः राजा बन्ने र शासन गर्ने सपना एउटा नागरिकको इच्छा हुनसक्छ। तर, मुखियाको छोरा मुखिया, जिम्वालको छोरा जिम्बाल झैं, राजाको छोरा राजा हुने ती दिन गए । त्यो त सम्झिने पानी छम्किने हो,’ थापाले भने।

सांसद थापाले पूर्व राजा ज्ञानेन्द्र स्वेच्छाले राजगद्दी छोडेर नागार्जुन नगएको पनि बताए। उनले नारायणहिटीमा राजा बस्ने व्यवस्था नरहेको बताउँदै नारायणहिटी संग्रहालय टिकट काटेर जान पाइने बताए। 

‘म संसदमा पनि भन्न चाहन्छु, त्यस चेयरबाट, सभामुखको चेयरबाट, यहाँ राजा... राजा... सम्बोधन गरिरहँदा पनि संविधान, कानून बमोजिमको रुलिङ नगर्ने स्थितिको अन्त्य होस्। संविधान–कानून र नियमावलीको भाषा प्रयोगमा ध्यान दिइयोस्। नियमावलीअनुसार सम्वोधन गर्न रुलिङ होस्,’ उनले सभामुखसँग रुलिङको माग गर्दै भने।


 

प्रकाशित मिति: १७:४१ बजे, मंगलबार, फागुन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्