Kathmandu Press

एन्फा पूर्वअध्यक्ष गणेश थापाले हाले महासचिव राईविरुद्ध गाली बेइजजती मुद्दा

थापाले मंगलबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका हुन्। उनले यसअघि नेपाल प्रहरीको साइबर ब्यूरोमा महासचिव राईविरुद्ध उजुरी दिएका थिए। 
एन्फा पूर्वअध्यक्ष गणेश थापाले हाले महासचिव राईविरुद्ध गाली बेइजजती मुद्दा

काठमाडौं, फागुन २७ : अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्वअध्यक्ष गणेश थापाले संघका महासचिव किरण राईविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन्। 

थापाले मंगलबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका हुन्। उनले यसअघि नेपाल प्रहरीको साइबर ब्यूरोमा महासचिव राईविरुद्ध उजुरी दिएका थिए। 

थापाले एक विज्ञप्ति जारी गर्दै राईले आफूमाथि झुठा र तथ्यहीन आरोप लगाएको बताएका छन्। उनले कानुनी कारबाहीको प्रक्रिया अपनाउने क्रममा जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

महासचिव राईले आफूमाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेकोलगायत आरोप लगाएर चरित्रहत्याको प्रयास गरेको दाबी थापाको छ। 

प्रकाशित मिति: १७:३१ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्