Kathmandu Press

रोकिएन नेप्सेको ओरालो यात्रा, मंगलबार ३२ अंकले घट्यो

निरन्तर ओरालो लागिरहेको नेप्से मंगलबार ३२.२१ अंकले घटेको छ। यो गिरावटनपछि नेप्से २७१९.२० विन्दूमा कायम भएको छ। 
रोकिएन नेप्सेको ओरालो यात्रा, मंगलबार ३२ अंकले घट्यो

काठमाडौं, फागुन २७ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको एकसाता देखिको ओरालो यात्रा अझै रोकिएको छैन। 

निरन्तर ओरालो लागिरहेको नेप्से मंगलबार ३२.२१ अंकले घटेको छ। यो गिरावटनपछि नेप्से २७१९.२० विन्दूमा कायम भएको छ। 

मंगलबार एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार बराबरको कारोबार भएको छ।

विकास बैङ्क समूह १.९३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

बैंकिङ ०.७१, वित्त १.५७, होटल तथा पर्यटन १.१३, जलविद्युत् १.५१, लगानी १.८९ र जीवन बीमा समूह १.३० प्रतिशतले घटेको छ। 

त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह २.४९, लघुवित्त ०.८९, म्युचुअल फन्ड ०.१०, निर्जीवन बीमा ०.९९, व्यापार समूह १.७९ र अन्य समूह १.६८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५८ करोड ६५ लाख १७ हजार बराबरको कारोबार भएको छ। आज महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै नौ लाख ९१ हजार चार सय ४४ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्