Kathmandu Press

संघीय संसदमा सांसदहरुको स्वास्थ्य परीक्षण 

‘फागुन महिना स्क्रिनिङको महिना भनेर घोषणा गरेका छौं। त्यो ग्रामिण भेगमा पुर्याउनको लागि नेपालको सबै स्वास्थ्य संस्थाहरुमा स्क्रिनिङ गराउनको लागि तोकेको मिति हो । अब हरेक फागुन महिना स्क्रिनिङको महिना हुनेछ,’ उनले भने।
संघीय संसदमा सांसदहरुको स्वास्थ्य परीक्षण 

काठमाडौं, फागुन २७ : मंगलवार संघीय संसदमा सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने रोगहरुको देशव्यापी परीक्षण कार्यक्रम अन्तर्गत आज सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो।

सञ्चारकर्मीहरुसंग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अब हरेक वर्ष फागुनको महिला स्क्रिनिङको महिना हुने बताए। उनले हरेक स्वास्थ्य चौकीमा स्क्रिनिङको व्यवस्था गरिएको भन्दै सार्वजानिक सुचना जारी गरेको बताए। 

‘फागुन महिना स्क्रिनिङको महिना भनेर घोषणा गरेका छौं। त्यो ग्रामिण भेगमा पुर्याउनको लागि नेपालको सबै स्वास्थ्य संस्थाहरुमा स्क्रिनिङ गराउनको लागि तोकेको मिति हो । अब हरेक फागुन महिना स्क्रिनिङको महिना हुनेछ,’ उनले भने।

Photo-(11)-(15)-1741690625.jpg
 
उनले बढि प्रचारप्रसार गर्न र विश्वसनीयता बढाउन संसदमा स्क्रिनिङ गरेको बताए। उनले संसदभित्र भएका सबै कर्मचारी, सांसद लगायतको परिक्षण गरिएको पनि बताए। 

स्क्रिनिङमा मधुमेह जाँच, रक्तचाप, मिर्गौला सम्बन्धी रोगको जाँच, उचाइ र तौलको आधारमा बिएमआई मापन सेवा निःशुल्क प्राप्त गर्न सकिने छ। 

Photo-(4)-(31)-1741690621.jpg

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्