रास्वपा सांसद् तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाच आयोगको निर्णय बदर
सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्णय बदर गरिदिएको हो।
काठमाडौं, फागुन २७ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्णय बदर गरिदिएको हो।
यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी कायम भएको थियो । कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन्।
प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार