Kathmandu Press

शिक्षक महासंघको दोश्रो चरणको आन्दोलन कांग्रेस पार्टी कार्यालयबाट सुरु 

सरकारले पहिलो चरणको आन्दोलनबाट आफ्ना माग नसुनेको भन्दै महासंघले दोस्रो चरणमा राजनीतिक दलका कार्यालयमा धर्ना दिने कार्यक्रम घोषणा गरेको थियो। आजदेखि ५ चैतसम्म दलका कार्यालयहरूमा धर्ना दिने महासंघको तालिका रहेको छ। 
शिक्षक महासंघको दोश्रो चरणको आन्दोलन कांग्रेस पार्टी कार्यालयबाट सुरु 

काठमाडौं, फागुन २७ : नेपाल शिक्षक महासंघले आन्दोलनको दोश्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना सुरु गरेको छ। 

मंगलबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा महासंघले शिक्षाको गुणस्तर वृद्धि र शिक्षक कर्मचारीका माग सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन आवश्यक रहेको भन्दै धर्ना सुरु गरेका हुन्। 

Hardik ivf

सरकारले पहिलो चरणको आन्दोलनबाट आफ्ना माग नसुनेको भन्दै महासंघले दोस्रो चरणमा राजनीतिक दलका कार्यालयमा धर्ना दिने कार्यक्रम घोषणा गरेको थियो। आजदेखि ५ चैतसम्म दलका कार्यालयहरूमा धर्ना दिने महासंघको तालिका रहेको छ। 

महासंघले भोली बुधबार २८ गते नेकपा एमाले, चैत १ मा नेकपा माओवादी केन्द्र, चैत २ मा नेकपा एकीकृत समाजवादी, चैत ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी, चैत ४ मा जसपा, लोसपा र राष्ट्रिय जनमोर्चा र चैत ५ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्टिय प्रजातन्त्र पार्टीमा धर्ना दिँदैछन्। 

Photo-(3)-(41)-1741687789.jpg

Photo-(7)-(22)-1741687789.jpg

प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, फागुन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्