विपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
विपक्षी दलले प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै सभा अवरोध गरेपछि स्थगित गरिएको हो।
धनगढी, फागुन २७ : विपक्षी दलहरूले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्।
विपक्षी दलले प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै सभा अवरोध गरेपछि स्थगित गरिएको हो।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले सरकारले अनावश्यक रूपमा दरबन्दी सिर्जना गरिएको भन्दै रोक्नुपर्ने माग गरेका छन्। विपक्षी दलको अवरोधपछि प्रदेश सभाको बैठक स्थगित भएको छ।
विपक्षी दलकातर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा नरेशकुमार शाहीले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै गरिएका नियुक्ति खारेज गर्न माग गरेका थिए।
उनले सरकारले फजुल खर्च बढाउने काम गरेको बताउँदै नसच्याएसम्म बैठक अघि बढ्न नसक्ने चेतावनी समेत दिए।












