Kathmandu Press

संघीयताका विषयमा कांग्रेसमाथि शंका नगर्न महामन्त्री थापाको आग्रह

कांग्रेसले संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको विषय बिर्सन नहुने थापाले बताए। 
संघीयताका विषयमा कांग्रेसमाथि शंका नगर्न महामन्त्री थापाको आग्रह

काठमाडौं, फागुन २७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयताका विषयमा कांग्रेसमाथि शंका नगर्न आग्रह गरेका छन्। 

अहिलेको व्यवस्थाप्रति कांग्रेस प्रतिवद्ध रहेको बताउँदै संख्याको आधारमा कसैले पनि अहंकार राख्न नहुने बताए। 

कांग्रेसले संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको विषय बिर्सन नहुने थापाले बताए। 

‘कांग्रेस पहिलो पार्टी हो जसले पार्टीको पहिलो अधिवेशनबाट संघीयताको ढाँचामा लैजाने निर्णय लिएको हो। संवैधानिक प्रबन्धमा आइपुगेका हौं,’ उनले भने। 

प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्