Kathmandu Press

पब्लिक युथ क्याम्समा स्ववियु निर्वाचन स्थागित

‘५ गते सम्पन्न गर्ने भनिएको स्ववियु निर्वाचनको आज २०८१ चैत्र २७ गतेदेखिको बाँकी प्रक्रिया हाल असामान्य परिस्थिति उत्पन्न भएको हुँदा अर्को सूचना नभएसम्मको लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।’
पब्लिक युथ क्याम्समा स्ववियु निर्वाचन स्थागित

काठमाडौं, फागुन २७ : पब्लिक यूथ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ।

काठमाडौंको धोबीचौरमा पब्लिक यूथ क्याम्पसमा असमान्य परिस्थित भएको भन्दै अनिश्चितकालका लागि निर्वाचन स्थगन गरिएको हो।

क्याम्पसका निर्वाचन अधिकृत डा. राजुभाइ मानन्धरले एक सूचना जारी गर्दै निर्वाचन स्थगन भएको जानकारी गराएका छन्। 

‘५ गते सम्पन्न गर्ने भनिएको स्ववियु निर्वाचनको आज २०८१ चैत्र २७ गतेदेखिको बाँकी प्रक्रिया हाल असामान्य परिस्थिति उत्पन्न भएको हुँदा अर्को सूचना नभएसम्मको लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ जारी सूचनामा भनिएकाे छ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको स्ववियु निर्वाचन तालिकाअनुसार आज देशैभरका क्याम्पसहरूमा उम्मेदवारी दर्ता भइरहेको छ। 

प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्