Kathmandu Press

बाग्मतीका १३ अस्पताललाई गुणस्तरीय बनाउँदैछौं : मुख्यमन्त्री लामा

हेटौंडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले प्रतिबद्ध रहेको उनले बताए। 
बाग्मतीका १३ अस्पताललाई गुणस्तरीय बनाउँदैछौं : मुख्यमन्त्री लामा
फाइल तस्बिर।

मकवानपुर, फागुन २७ : बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले हेटौंडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्राविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताएका छन्।

हेटौंडा अस्पतालमा आज मुटु रोगसम्बन्धी सेवाको शुभारम्भ गर्दै उनले स्वास्थ्य सेवालाई सहज र सेवाको गुणस्तर वृद्धिमा सरकारले लगानी बढाएको उल्लेख गरे। विगतको तुलनामा प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रुपमा सुधार भइरहेको उनले बताए। 

Hardik ivf

हेटौंडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले प्रतिबद्ध रहेको उनले बताए। 

हाल देशमा मुटु रोगसम्बन्धी समस्याको दर उच्च हुँदै गएकाले प्रदेश सरकार त्यसतर्फ गम्भीर र सतर्क रहेको उनको भनाइ छ। स्वस्थ्य सेवालाई राजनीतिकीकरण गर्न बन्द गर्नुपर्नेमा मुख्यमन्त्री लामाले जोड दिए। 

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेशको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन आफू लागिपरेको बताउँदै उनले विभिन्न संघसंस्थासँगको समन्वयमा प्रादेशिक अस्पतालको सेवा विस्तार तथा व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको बताए।

प्रकाशित मिति: १५:०९ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्