Kathmandu Press

दाहाललाई गगनको जवाफ– कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन शुभकामना दिनुभएको होइन? 

‘तपाईं आफैँ प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन शुभकामना दिनुभएको होइन? नेपाल बंगलादेश र श्रीलंका बन्ला भन्नुभयो । सरकार बनेको कुरा नै असंवैधानिक छ भनेको कुरा सम्झेको छु,’ सांसद थापाले भने।
दाहाललाई गगनको जवाफ– कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन शुभकामना दिनुभएको होइन? 

काठमाडौं, फागुन २७ : सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद बैठकमा बोल्दै वर्तमान सरकारको बिषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको आलोचनाप्रति आपत्ति जनाएका छन्।  

थापाले मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो आपत्ति जनाएका हुन्। 

‘तपाईं आफैँ प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन शुभकामना दिनुभएको होइन? नेपाल बंगलादेश र श्रीलंका बन्ला भन्नुभयो । सरकार बनेको कुरा नै असंवैधानिक छ भनेको कुरा सम्झेको छु,’ सांसद थापाले भने।

थापाले त्यसबेला पनि पनि यही संविधान रहेको कुरा स्मरण गराए । उनले जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए।

‘जनता असन्तुष्ट छन्। त्यसभित्र आक्रोश छ। यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन। जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छ र सचेत रहनुपर्छ,’ सांसद थापाले भने।

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्