Kathmandu Press

राजावादीलाई दाहालको चेतावनी– इतिहास निर्मम हुन्छ, गणतन्त्रविरुद्ध गतिविधि नगर्नुस्  

‘इतिहास फेरि निर्मम हुन्छ, गणतन्त्रका लागि जनताको रगत बगेको छ । क्रान्तिको इतिहास पढ्नुस्,’ अध्यक्ष दाहालले चेतावनी दिँदै भने। 
राजावादीलाई दाहालको चेतावनी– इतिहास निर्मम हुन्छ, गणतन्त्रविरुद्ध गतिविधि नगर्नुस्  

काठमडौं, फागुन २७ : नेकपा माओवादी पार्टी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल दाहालले इतिहास निर्मम हुने बताउँदै गणतन्त्रविरुद्ध गतिविधि नगर्न  राजावादीलाई संसदबाट चेतावनी दिएका छन्। 

मंगलबारको संसद् बैठकलाई विशेष सम्बोधन गर्दै दाहालले उक्त चेतावनी दिएका हुन्। उनले राजावादीलाई लोकतन्त्रको इतिहास पढ्न पनि सुझाए। 

‘इतिहास फेरि निर्मम हुन्छ, गणतन्त्रका लागि जनताको रगत बगेको छ । क्रान्तिको इतिहास पढ्नुस्,’ अध्यक्ष दाहालले चेतावनी दिँदै भने। 

उनले लोकतन्त्र र राजतन्त्रको तुलना हुन नसक्ने पनि बताए। 

राप्रपा लगायत राजावादी दललाई लक्षित गर्दै दाहालले भने– ‘इतिहासको चक्का पछितिर फर्काउन चाहनेलाई चुनौती दिन चाहन्छु।’
 
प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्