राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरको चलखेल : अध्यक्ष दाहाल
‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन्। राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ उनले भने।
काठमडौं, फागुन २७ : राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्।
प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै अध्यक्ष दाहालले उक्त भनाई राखेका हुन्।
‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन्। राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ उनले भने।
राजावादीको चलखेल इतिहासदेखि नै भएको बताउँदै अहिले किन बढ्यो भन्ने प्रश्न मुख्य भएको भनाई दाहालको छ।
राजावादीको चहलपहलको मूल कारण पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष रहेको दाबीसमेत उनले गरेका छन्।
‘यस्ता चलखेल आजमात्रै भएका होइनन्, नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए। अहिले अचानक वृद्धि किन भयो प्रश्न यहाँ छ। पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो,’ उनले भने।