मधेशका गृहमन्त्रीका सुरक्षा गार्ड असई यादवको मृत्यु
आइतबार राति अचानक पेट र छाती दुखेपछि उपचारका लागि नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो।
धनुषा, फागुन २७ : मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका असई वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ।
आइतबार राति अचानक पेट र छाती दुखेपछि उपचारका लागि नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो।
यादवको उपचारको क्रममा राति १२ बजे मृत्यु भएको थियो । यादवको घर सिरहा नगरपालिका २५ सुखचैना स्थायी हो।
यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको जनाइएको छ।
प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












