Kathmandu Press

सेना दिवसमा सैन्य कलाकौशल प्रदर्शन

काठमाडौं, फागुन २० : महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले टुँडिखेलमा सोमबार विविध कलाकौशल प्रदर्शन गरेको छ ।

नेपाली सेनाले महाश....

सेना दिवसमा सैन्य कलाकौशल प्रदर्शन
रासस

काठमाडौं, फागुन २० : महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले टुँडिखेलमा सोमबार विविध कलाकौशल प्रदर्शन गरेको छ ।

नेपाली सेनाले महाशिवरात्रिको दिन सेना दिवस मनाउने गरेको छ । ०४७ देखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँन थालिएको हो ।

सेना दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले विभिन्न कलाकौशल देखाएको छ । सोही क्रममा ‘फ्री फल जम्प’का क्रममा प्यारासुट नखुलेपछि हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन् । उनको दायाँ खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

टुँडीखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी थिइन् । त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित भएका थिए ।

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, फागुन २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्