Kathmandu Press

शिक्षकसँग वार्ता गरी सहमति खोज्न सांसद केसीको आग्रह

‘सरकार निरन्तर सम्झौता गर्ने र अवहेलना गर्ने कार्य गरिरहेको छ। सम्झौतालाई निरन्तर अपहेलना गर्नु खेदजनक मात्रै होइन, निन्दनीय हो। राज्यले कसैलाई वचन दिएपछि इमानदार हुनुपर्छ। लाखौं शिक्षकको महासंघलाई अनादार गर्नु दुःखद,’ सांसद केसीले भने।
शिक्षकसँग वार्ता गरी सहमति खोज्न सांसद केसीको आग्रह
फाइल तस्बिर।

काठमाडौं, फागुन २७ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षकसँग वार्ता गरी सहमति खोज्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारले नेपाल शिक्षक महांसघसँग पहिले गरेको सहमति कार्यान्वयन नहुनु निन्दनीय भएको बताए।

‘सरकार निरन्तर सम्झौता गर्ने र अवहेलना गर्ने कार्य गरिरहेको छ। सम्झौतालाई निरन्तर अपहेलना गर्नु खेदजनक मात्रै होइन, निन्दनीय हो। राज्यले कसैलाई वचन दिएपछि इमानदार हुनुपर्छ। लाखौं शिक्षकको महासंघलाई अनादार गर्नु दुःखद,’ सांसद केसीले भने।

उनले सरकारले पटक–पटक गरेको प्रतिबद्धता पालना गर्दै तत्काल शिक्षकसँग वार्ता र सहमतिको वातावरण बनाउन माग गरे।

‘सरकारले पटकपटक गरेको प्रतिबद्धता पालना गर्दै शिक्षकहरूसँग तत्कालै वातावरण निर्माण गरोस् र वार्ता तथा संवादबाट समस्याको समाधान खोजोस्,’ उनले भने।

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्