Kathmandu Press

‘पूर्वराजा पछिल्ला गतिविधिहरू दण्डनीय छन्’

एमाले मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गर्दै पूर्वराजाको निर्देशन र उक्साहटबाट यस्ता गतिविधि भइरहेकाले त्यसर्फ सरकारको ध्यानाकर्षण गराए।
‘पूर्वराजा पछिल्ला गतिविधिहरू दण्डनीय छन्’

काठमाडौं, फागुन २७ : सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको बताएको छ। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गर्दै पूर्वराजाको निर्देशन र उक्साहटबाट यस्ता गतिविधि भइरहेकाले त्यसर्फ सरकारको ध्यानाकर्षण गराए।

‘पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन्,’ बर्तौलाले भने, ‘पूर्वराजा स्वयंले उक्साइरहेका छन्। उनको उपस्थितिमा यी कामहरू भइरहेका छन्।’

प्रमुख सचेतक बर्तौलाले भाजपाका नेता तथा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित र्‍याली भइरहेको भन्दै कानुनी दायरामा ल्याउन उनले आग्रह गरे।

उनले संग्राहलयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुमका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने वा देख्न लगाउनेहरू प्रति सचेत हुनुपर्ने बताए।

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्