Kathmandu Press

चिया तथा कफी विकास बोर्डमा फाइन्द्र पाण्डे

कार्यकारी निर्देशक नियुक्त गर्न गठित सिफारिस समितिको सिफारिस गरेका सात जनामध्येबाट सरकारले फाइन्द्रलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। 
चिया तथा कफी विकास बोर्डमा फाइन्द्र पाण्डे

काठमाडौं, फागुन २७ : राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा फाइन्द्र पाण्डेलाई नियुक्त भएका छन्। 

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

कार्यकारी निर्देशक नियुक्त गर्न गठित सिफारिस समितिको सिफारिस गरेका सात जनामध्येबाट सरकारले फाइन्द्रलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। 

समितिले फाइन्द्रसँगै गौरव लुइँटेल, नवराज सापकोटा, मनोज बस्नेत, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र डा. विष्णुप्रसाद भट्टराई सिफारिस गरेको थियो।
 
प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्