Kathmandu Press

‘लाज शरणम्’ हरेपछि बालेनले गरे धुर्मुसको तारिफ

‘एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो।’
‘लाज शरणम्’ हरेपछि बालेनले गरे धुर्मुसको तारिफ

काठमाडौं, फागुन २७ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन्। प्रदर्शनरत फिल्म ‘लाज शरणम्’ हेरेपछि बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन्।

बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्म ‘लाज शरणम्’ हेरेका थिए।

Hardik ivf

‘यस्तो डिटेल दिनुभा’छ नि, कस्तो डिटेल दिया हो? लास्टै दामी। लास्टै मजा आयो,’ फिल्म हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे।

बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो।’

‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ ¥यापमा बालेनको स्वर छ, जसले दर्शकमाझ निकै चर्चा पाएको थियो। फिल्ममा भने यो गीत छैन। क्रेडिटलाइन स्क्रोल हुनथाले पछि यो गीत बज्छ।

कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’मा धुर्मुस मुख्य भूमिकामा छन् । फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार पनि छन्।
 

प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, फागुन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्