दाहालले संसदमा सम्बोधन गर्दै, प्रधानमन्त्री ओली उपस्थित नहुने
प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधनका क्रममा प्रधानमन्त्री सदनमा उपस्थित हुने प्रचलन रहेपनि प्रधानमन्त्री केपी ओली आज संसदमा उपस्थित हुने छैनन्।
काठमाडौं, फागुन २७ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन्।
प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधनका क्रममा प्रधानमन्त्री सदनमा उपस्थित हुने प्रचलन रहेपनि प्रधानमन्त्री केपी ओली आज संसदमा उपस्थित हुने छैनन्।
प्रधानमन्त्री ओली आज विराटनगर जाने कार्यक्रम रहेकाले उनी संसदमा उपस्थित नहुने भएका हुन्। प्रधानमन्त्री ओलीकोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाने छन्।
सोमबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि दाहालले आजा सम्बोधन गर्ने तय भएको थियो। प्रधानमन्त्रीको विराटनगर जाने कार्यक्रम यसअघि नै तय भइसकेकाले संसदमा उपस्थित नहुने एमालेले जनाएको छ।
यसअघि गत माघ २४ गते दाहलले संसदमा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली उपस्थित भएका थिए। त्यसबेला ओली अस्वस्थ रहेको बताइएको थियो।
दाहालले त्यसबेला सम्बोधनकै क्रममा प्रधानमन्त्री उपस्थिन नभएको गुनसो गरेका थिए।












